एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १६ :गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावकलाई केन्द्रमा राखेर पारित गरिने बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले शिक्षा विधेयकलाई सरकारको प्राथमिकतामा राखिएको बताए।
उनले संविधानअनुसार कानुनी र नीतिगत सुधार गर्दै विधायन प्रक्रिया तीव्र बनाइने उल्लेख गरे। शिक्षा क्षेत्रका सबै सरोकारवालाको हित सुनिश्चित गर्दै विधेयक पारित गरिने उनको भनाइ छ।
गृहमन्त्री लेखकले सरकार केवल सत्ता सञ्चालनका लागि नभई स्थिरता, सुशासन, विकास, र समृद्धि लक्ष्यसहित गठन भएको बताए। साथै, व्यावसायिक वातावरण सुधार्न अवरोधकारी कानुन हटाउन सरकार प्रतिबद्ध रहेको र अध्यादेशमार्फत सेवालाई सहज बनाइने जानकारी दिए।