एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० :
नेकपा एमालेका केन्द्रिय सचिव एवम पूर्व मन्त्री रघुवीर महासेठले नेकपा एमाले मात्रै जनताको चाहना अनुसार चल्ने पार्टी रहेको दावी गरेका छन् । जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महासेठले अन्य पार्टीहरु जनताको चाहना अनुसार नचलेपनि एमाले जनताको इशारामा चल्ने पार्टी हो । उनले भने ‘कांग्रेस, माओवादी लगायतका दलहरुको नीति तथा कार्यक्रम विदेशीहरुको ईशारामा बन्छ तर एमाले मात्रै यस्तो पार्टी जसको नीति तथा कार्यक्रम जनताको चाहना अनुसार निर्माण हुन्छ ।
एक अर्को प्रसंगमा एमालेले गरेका कामहरुबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो आफ्नो नेता कार्यकर्ताहरु संग महासेठले गुनासो गरे । उनले जनतालाई अहिले पनि विकास निर्माणका कामहरु अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताए । नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिए । उनले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरुबारे सामाजिक सञ्जाल लगायतमा प्रचार प्रसार गर्न निर्देशनसमते दिए ।
नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई सासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिए । उनले ८४ लाई मध्ये नजर गर्दै पार्टीलाई मजबुत बनाउने तर्फ सबैलाई ध्यानदिन आग्रह गरे । नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेतृ जुलीकुमारी महतोले मिसन २०८४लाई सफल बनाउनकालागि नेता कार्यकर्ताहरुलाई अहोरात्र खट्न आग्रह गरिन् । उनले एमालेलाई निर्णायक राष्ट्रशक्ति बनाउनु आवश्यक रहेको बताइन् । गठबन्धनबाट बनेका सरकारले देश र जनताको हित गर्नबाट कतिपय समय चुकिरहेकाले एमाले एक्लैले कसरी सरकार बनाउन सक्छ त्यता तर्फ लाग्नु पर्छ र यसकालागि अहिलेदेखि नै अहोरात्र खट्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन् ‘एमालेलाई तीन वटै तहमा बहुमतको सरकार बनाउने गरी हामीले काम गर्नु पर्छ ।’