एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ :
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले संविधानले प्रदत्त अधिकारहरू कार्यान्वयनकालागि आवाज उठाउन सञ्चार क्षेत्रलाई आग्रह गरेका छन् । उनले मधेश प्रदेश प्राकृतिक रुपमा सुगम भएपनि शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा पहाडको दुर्गम भन्दा पछाडि पर्नु चिन्ताको विषय भएको बताउँदै संविधानको संशोधन गर्दा तीन तहका सरकारको संरचनामा भएको त्रुटिको संशोधन आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले सुशासनको अभावमा विकास तथा समृद्धिको यात्रा पुरा गर्न कठिन हुने बताउँदै सुशासन स्थापनाका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउन आवश्यक भएको बताए ।
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आम सञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्याम सुन्दर यादव, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारिताको विषयमा बोल्दै पत्रकारिता क्षेत्रले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि खबरदारी गर्नु पर्ने धारणा राखेका थिए ।