एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : यस अघि गृह मन्त्रालयले आइतवार देशमा सार्वजानिक बिदा दिने निर्णयलाई सच्चयाउदै सोमवार बिदा हुने जनाएको छ । इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद–उल–फित्रको अवसरमा संघिय सरकारले आइतवार सार्वजानिक बिदा दिने भनिएपनि मुस्लिम आयोगले ईद सोमवार नेपालमा मनाइने जानकारी गराएपछि सोमवार बिदाको निर्णय परिमार्जन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गत शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकको निर्णयानुसार जेठ ११ गते सार्वजानिक विदा हुने गृहमन्त्रालयले जनाएको थियो तर शनिवार पुन ः एक सुचना जारी गरि मन्त्रालयले सोमवार बिदा हुने जनाएको छ । नेपाल र दक्षिण एसियाभरवाट जेठ १० गते चन्द्रमा नदेखिएकाले सो पर्व सोमवार मात्र मनाउने र मुस्लिम आयोगले समेत सोहि अनुसार बिदा दिन आग्रह समेत गरेकाले बिदाको दिन सच्चाइएको व्यहोरा मन्त्रालयका शाखा अधिकृत गणेश तामाङ्गले शनिवार जारी गरेकोे सुचनामा उल्लेख छ ।