एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० : कुनै पनि सरकारको मुख्यालय त्यस सरकारको प्रतिष्ठा, आन बान र शान नै हुन्छ । संघिय सरकारको सिंहदरबार चर्चामा रहे जस्तै अहिले प्रदेश सरकारहरुको मुख्यालय पनि चर्चामा रहनु स्वभाविक हो । किनभने त्यहाँ प्रदेशको सेवाग्राही मात्र होइन देश मात्र होइन विदेशको समेत भिआईपी र भिभिआईपीहरुको आगमण हुन्छ ।
प्रदेश नं. २ को नाम फेरेर मधेश प्रदेश संस्थागत गरेको सरकार त्यसपछि मधेश सरकारका रुपमा त चिनिए चिनिए उनको मुख्यालय जनकपुर चुरोट कारखाना परिषर पनि मधेश भवनको नामले चिनिन थालेको छ । हरियाली वातावरण, राम्रो क्षेत्रफल सहितको मुख्यालय पाएका मधेश सरकार भने आफनो मुख्यालय समेत सफा राख्न नसकेको दृश्य र तस्वीर वाहिरएको छ ।

नेकपा एमालेका एक सांसद राजेन्द्र चौधरीले आफनो फेसबुकमा केहि तस्वीरहरु जारी गर्दै मधेश भवनको विकृती र फोहरलाई उदांगो मात्र पारेको छैन उनले आफुलाई मधेश सरकारको मुख्यालयको यो अवस्थाले लज्जित बनाएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘ मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, अर्थ ,बन् पर्यटन मन्त्रालय र सरकारको कर्मचारी बस्ने सरकारी निवासको र मन्त्रालयको मूल गेट अगाडि महिनौ महिना देखि थुपारिएको फोहर हेर्दा म लज्जित भए । मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण होस ।’

यो स्टाटस समान्य जस्तो लाग्ला तर मधेश सरकार माथीको यक्ष प्रश्न पनि हो । जस्ले आफनो घर आँगन नै सफा राख्न सक्दैन उस्ले मधेशके सफा र हराभरा राख्छ भन्ने प्रश्न उनको स्टाटस र त्यसमा पोस्टाइएका तस्वीरहरुले गरिरहेको छ ।
