एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :
सरकारले वार्तामा इमानदारिता नदेखाएको भन्दै नो केवलकार समूहले माघ २९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले फागुन ८ गते मुकुमलुङ पदयात्रा गर्ने घोषणा गर्दै, “अब कुनै समुदाय एक्लै लड्नु पर्दैन, डिभाइड एन्ड रुल अब चल्दैन” भन्नुभयो।
महतोले सरकार नागरिक अधिकारमाथि अंकुश लगाउँदै निरंकुश बन्दै गएको आरोप लगाउँदै “अब वार्ताको जरुरत छैन, केवलकार बन्दैन भनेर निर्णय गरे पुग्छ” भन्नुभयो।
आन्दोलनलाई सशक्त बनाउन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, निर्माण सामग्री ढुवानी रोक्ने, काठमाडौं, इटहरी, बिर्तामोडमा विरोध सभा, ज्ञापनपत्र बुझाउने, यातायात बन्द तथा आमहडताल जस्ता कार्यक्रम घोषणा गरिएको छ।
आन्दोलनकारीहरूले सरकारले तत्काल केवलकार अनुमति तथा सम्झौता खारेज नगरे थप सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन्।