एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले नयाँ नयाँ घर बनाउने कर्मचारी र नेता सबै चोर रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोगको बर्दिवास स्थित कार्यालयले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सभामुख मण्डलले भने, ‘कर्मचारी र नेताले नयाँ घर बनायो कि बुझनोस ति चोर र भ्रष्ट हुन ।’
तलवको कारण नेता र कर्मचारीको नयाँ घर बन्ने कुनै पनि आधारहरु नरहेको उनको जिकिर छ । नेपालको तलवले घरजम चल्न गा¥हो छ, घर कसरी बन्छ ? प्रश्न गर्दै उनले पाँच पाँच वर्षमा हरेक कर्मचारी र नेता जनप्रतिनीधिको तिन पुस्ते सम्पती विवरण अपडेट गर्नुपर्ने बताए ।
घुस लिने दिने दुवै अपराधी भन्नु सरासर गलत रहेको दावी गर्दै उनले भने, ‘दिनु बाध्यता हो र बाध्यतामा मान्छेले गल्ती गर्छ, त्यसैले दिनेलाई पनि डराउने यो नारा सोभनिय छैन ।’ यो नारा र नीतिले घुस दिनेहरु पनि डराउने र तै चुप मै चुप भएर भ्रष्टाचार बढदै गएको उनको जिकिर छ ।