एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाममा एम्बुलेन्स चालकहरुले समेत हस्पिटल चलाईरहेको पाइएको खुलासा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोगको बर्दिवास स्थित कार्यालयले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा मुख्मन्त्री सिंहले भने, ‘जनकपुरधाममा अधिकांश हस्पिटल अनमी, नर्श यहाँ सम्मकी एम्बुलेन्स चालक मात्र होइन कुण्डलीया ग्रुपले समेत चलाइरहेको पाएको छु ।’

भ्रष्टाचार र सुशासन भन्दा पनि आफुले गरिरहेको अस्पताल र क्रसर उद्योगहरुको छडके विषयमा बढि बोलेका मुख्यमन्त्री सिंहले नीतिगत भन्दा पनि व्यवहारिक कुरा मात्र गरेका थिए । उनले भने, ‘अस्पतालमा जाँदा त कतिपय ठाँउमा कुण्डलिया ग्याङ्गहरु पो अस्पताल चलाइरहेको पाए ।’ उनले अवैध क्रसरका कुरा कोट्याउँदै अवैध क्रसर चल्दा पनि सबै चुप रहेको बताए ।