एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ :
प्रेस चौतारी नेपाल सप्तरीको आठौँ जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य दिँदै मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले नेपालको विभिन्न राजनीतिक परिवर्तन, संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापनाका क्रममा सञ्चारकर्मीहरूले अग्रणी भूमिका खेलेको उल्लेख गर्नुभयो।
उहाँले सञ्चारकर्मीहरू सधैँ अग्रपंक्तिमा रहेर आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै वर्तमान अवस्थामा सञ्चार क्षेत्र केही निराशाजनक देखिएको अनुभूति व्यक्त गर्नुभयो।
मन्त्री लेखीले सञ्चारमैत्री कार्यक्रमहरू लागू गरिरहेको बताउँदै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो।