एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : जनकपुरधाममा विहिवार देखि जनकपुर साहित्य महोत्सवको खि छैँठौ संस्करण शुरु भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा धरातल, संस्कृती र संस्कारको उत्सव नाराका साथ शुरु भएको जनकपुर साहित्य महोत्सवको थालनी भएको छ ।
जनकपुरधामको राम मन्दिरमा रहेको राम पार्कमा शुरु भएको जनकपुर साहित्य महोत्सव शनिवार सम्म चल्ने छ । महोत्सवको पहिलो दिन समुदघाटन सत्रमा बोलेका वक्ताहरुले साहित्यले राजनीतिलाई सुधार्ने, सम्हालने, सहि पथमा ल्याउने सहितको काम गर्ने गरेको बताए ।

छैटौं जनकपुर साहित्य महोत्सवको उद्घाटन सत्रमा नेपालका प्रख्यात राजनीतिक विश्लेषक सीके लालले ‘सियाराम राज्यको परिकल्पना ः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन् । सीके लालले आफ्नो भाषणको शुरुवातमा ‘सियाराम राज्य’ को परिकल्पना केलाउँदै भने, ‘सियाराम राज्य भनेको केवल धार्मिक परिकल्पना मात्र नभई सामाजिक समानता र राजनीतिक समावेशिताको एउटा प्रतिक हो ।
राम र सीताको साझा सत्ता र सहकार्य, सियाराम राज्यको मुल भाव हो । यसमा समावेशी शासन व्यवस्थाको परिकल्पना गरिन्छ ।’ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिलाको साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनकपुर साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

छैटौँ संस्करणले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा विश्वास व्यक्त गर्दै उनले साहित्य र कलालाई वर्तमान भाइरल युगमा जीवन्त राख्नु चुनौतीको विषय रहेको उल्लेख गरे ।
सोहि अवसरमा मैथिली सहित देशको गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका स्वर्गीय गुरुदेव कामतलाई मरणोपरान्त उहाँका श्रीमती समुरवति कामतीलाई संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय अमित झाको नामा रहेको अमित झा स्मृति साहित्य पुरस्कारबाट मुख्यमन्त्री सिंहले सम्मानित गरे ।

उक्त पुरस्कारमा १ लाख ५ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ । यसै गरि सोही कार्यक्रममा गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिनु भएर अहिले क्यान्सर रोगले पीडित भएर उपचारार्थ साहित्यकार अशोक दत्तलाई नव मिथिला फाउण्डेशनको तर्फबाट ५१ हजार सहयोग राशि संस्थाका संरक्षक एवं प्रतिनिधि सभाका सदस्य मनिष झाको तर्फबाट मुख्यमन्त्री सिंहले प्रदान गरे ।

करिव ६० जना जनकपुरको स्कुले छात्रछात्राहरुले याह छि हमर जनकपुर भन्ने गित आफनै वाधवादन र स्वरमा गाएर सबैलाई चकित पारे भने विभेद बिनाको समाज विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा ज्ञान दा ईन्टरनेशनलकी छात्रा सिद्वी ठाकुर प्रथम, डेफोडिल्सका छात्र दोस्रो र मिथिला मोन्टेश्वरी स्कुलकी छात्रा तेस्रो भएकी छिन् । विभिन्न भाषाको उनीहरुको र्तक, वकतृत्व र प्रस्तुती सबैलाई लोभ्याएका थिए । तिनैजनालाई क्रमश २१ ह्जार, ११ हजार र ५ हजार १ सय सहित पुरस्कृत गरिएको छ ।

नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु दिपेन्द्र ठाकुर, रामसरोज यादव, रामअशिष यादव, वीरगञ्ज स्थित महावाणिज्य दूतावासका बाणिज्यदूत देवी सहाय मिना, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, मैथिली साहित्य परिषद्का अध्यक्ष जीवनाथ चौधरी सहितका वक्ताहरूले सम्बोधन गरे ।
महोत्सवमा विभिन्न विषयहरूमा संवाद, बहस, अन्तरक्रिया जस्ता कार्यक्रमहरू रहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहेको छ । महोत्सवको तीन दिनमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने छ ।