FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


राजपाले भन्यो, ‘महन्थ केन्द्रिय र बाबुराम संघिय परिषद अध्यक्ष’ बनाएर बढौं


रेणुको लागि ल्याइएको अध्यादेशमा आफै फँस्दै प्रधानमन्त्री, केहि तनावमा केहिलाई बाध्यता

काठमाण्डौं, जेठ ९ : दल दर्ता गर्ने समय घर्किँदै गर्दा जनता समाजवादी पार्टीमा नेताहरुको व्यवस्थापनमा निकै सकस भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच नेतृत्व व्यवस्थापनबारे प्रस्ताव आदान–प्रदान चलिरहे पनि सहमति जुटेको छैन ।

पछिल्लोपटक राजपाले महन्थ ठाकुरलाई केन्द्रीय समितिको अध्यक्ष र डा. बाबुराम भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने प्रस्ताव अघि सारेको छ । ‘बिहीबार भएको छलफलमा हामीले त्यति प्रस्ताव राखेका थियौं’ राजपाका एक नेता भन्छन्, ‘शुक्रबार अध्यक्ष मण्डलको बैठक बसेर औपचारिकरुपमा निर्णय पनि गरेका छौं ।’

३० वैशाखमा तीनकुनेस्थित समाजवादी पार्टीका निलम्वित सांसद हरिनारायण रौनियारको घरमा भएको वार्ता बिथोलिएपछि दुई पार्टीको बैठक नै बस्न सकेको थिएन । एक नेताका अनुसार त्यो बैठकमा समाजवादीका नेताहरुले महन्थ ठाकुरलाई निर्देशक समिति, डा. भट्टराईलाई संघीय परिषद् र उपेन्द्र यादवलाई केन्द्रीय समितिको अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

राजपा नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको अध्यक्ष आफूलाई बनाउन प्रस्ताव गरे । त्यसमा समाजवादीका नेताहरु सहमत भएनन् । ‘महतोको प्रस्तावलाई उहाँहरुले ठाडै अस्वीकार गर्नुभयो’ एक नेता भन्छन्, ‘त्यसले एकखालको तनावपूर्ण वातावरण बनेको थियो ।’

त्यसपछि दुई पार्टीको छलफल नै रोकिएको थियो । तर, बिहीबार राजपा पार्टी कार्यालयमा दुबै दलका नेताहरुबीच कुराकानी भयो । छलफलमा समाजवादीका नेताहरुले नयाँ प्रस्ताव राखे, महन्थ ठाकुरलाई पार्टी संयोजक बनाउने र उनकै नेतृत्वमा दल दर्ता गर्ने । भट्टराई संघीय परिषद् र उपेन्द्र यादवलाई केन्द्रीय समितिको अध्यक्ष बनाएर अरु नेताहरुको क्रमशः मिलाउने ।

तर, राजपा नेताहरु त्यसमा सहमत भएनन् । ठाकुरलाई केन्द्रीय समितिको अध्यक्ष र डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने उनीहरुले प्रस्ताव गरेका छन् । समाजवादीका नेताहरुले भने यसबारे पार्टीमा थप छलफल गर्नुपर्ने बताएका छन् । एक नेता भन्छन्, ‘प्रस्तावहरु आदान प्रदान भइरहेका छन्, तर अहिलेसम्म नेताहरुको कसरी व्यवस्था हुन्छ भन्ने प्रष्ट भइसकेको छैन ।’

तर, दल दर्ताका लागि तोकिएको समय भने नजिक आइरहेको छ । वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति गरेका नेताहरुले ११ गते निर्वाचन आयोगमा पुगेर त्यसको जानकारी गराएका थिए । त्यसको ४५ दिन अर्थात जेठ २५ भित्र दल दर्ता गरिसक्नुपर्ने छ । समाजवादी पार्टीका एक नेता भन्छन्, ‘अब १५ दिनमा दल दर्ता भएन भने एकता भंग हुन्छ । त्यसैले छिट्टो सहमति गर्नुपर्ने दबाव छ ।’

साभार : अनलाइन खवर



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

9 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy