एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ : प्रदेश सञ्चार सम्बन्धी ऐन २०७७ तथा प्रदेश एफ.एम. रेडियो सञ्चालन ऐन २०७७ मा संशोधन गर्न गठित समितिले मस्यौदाको खाका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीलाई बुझाएको छ।
समितिको संयोजक आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव रहेका छन् भने सदस्यहरूमा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास र गृह, सञ्चार तथा कानुन मन्त्रालयकी कानुन अधिकृत शान्ता चौधरी रहेका छन्।
मस्यौदा हस्तान्तरण कार्यक्रममा नीति तथा योजना आयोगकी सदस्य माननीय शिला मिश्रा, मन्त्रालयका सचिव उद्धव रिजाल, मन्त्रालयका अधिकृत दिपेन्द्र यादव, साथै टेलिभिजन ब्रॉडकास्टिङ एसोसिएसन मधेश प्रदेशका अध्यक्ष विष्णु कुँवरको उपस्थिति रहेको थियो।