एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० : इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद–उल–फित्रको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यतm गरेका छन् । पर्वले प्रदेशका साथै मुलुकमै भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्वि गरोस भने मंगलमय कामना छ, मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
ईद पर्व सामुहिक रुपमा हर्सोल्लासपुर्वक मनाइने पर्व रहेपनि कोरोना महामारीको यस प्रतिकुल समयमा घर घरमै श्रद्धापुर्वक पर्व मनाउन मुख्यमन्त्रीले आवहान समेत गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ईदको अवसरमा सम्पुर्ण मुस्लिम धर्मावलम्वीका साथै प्रदेशवासीहरुमा सु–स्वास्थ्य, दिर्घायु एवं उतरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
आइतवार देशमा सार्वजानिक बिदा
एता इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद–उल–फित्रको अवसरमा संघिय सरकारले आइतवार सार्वजानिक बिदा दिएको छ । शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकको निर्णयानुसार जेठ ११ गते सार्वजानिक विदा हुने गृहमन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । मन्त्री परिषदको बैठकले ईदको अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेको र यस वर्ष ईद ११ गते रहेकाले सो दिन सार्वजानिक बिदा हुने सुचनामा उल्लेख छ ।