एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ :
मधेश प्रदेशको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले १० दिने प्राविधिक स्तरको सेवा प्रवेश तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
तालिममा नवप्रवेशी कर्मचारीहरूलाई कार्यालय व्यवस्थापन, निजामती ऐन, प्रस्तुतीकरण सीप, लागत स्टिमेट तयारी, प्रगति प्रतिवेदन लेखन लगायतका विषयमा प्रशिक्षण दिइयो।
तालिम समापन समारोहमा तालिम केन्द्रका कार्यालय प्रमुख रोशन कुमार मेहताले सहभागीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै, सिकेको ज्ञान र सीपको सदुपयोग गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रदान गर्न आग्रह गरे।
सहभागी कृष्णा कुमारी झाले तालिममा सिकेका महत्त्वपूर्ण ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
तालिम नकटाझिज स्थित कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित थियो। यसमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका महाशाखा प्रमुख डा. सरोज कुमार चौधरीले सार्वजनिक खरिद ऐन, नियम तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिए।