एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ :
जनकपुरधाम वार्ड नम्बर ७ स्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आगलागीका कारण लाखौं रुपैयाँ मूल्य बराबरका फर्निचर जलेर नष्ट भएको छ।
घटनापछि जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीले बारुणयन्त्रसहित घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्। आगलागीको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अहिलेसम्म आगो नियन्त्रणमा ल्याउन प्रयास भइरहेको र थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।