एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
मधेस प्रदेश सरकारका गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिका-५, गङ्गाजलीस्थित खेलमैदानमा जनतासँग अन्तरक्रिया गर्नुभएको छ।
कार्यक्रममा मन्त्री लेखीले जनताका गुनासा र सुझाव संकलन गर्दै आफ्नो कार्यसम्पादनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको समस्या समाधानमा निरन्तर सक्रिय रहने बताउनुभयो।
मन्त्री लेखीले जनताका सुझावलाई प्राथमिकता दिँदै आगामी दिनमा इमानदार र मेहनती रूपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधि, पार्टीका नेता-कार्यकर्ताहरू, र सर्वसाधारणको उपस्थिति थियो।