एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : दुई दिन देखि बढेको अत्याधिक चिसो र सितलहरका कारण जनकपुरधाम सहित मधेशको जनजिवन प्रभावित बनेको छ । गत सोमवार सम्म दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराती शितको वर्षा भएपछि यस क्षेत्रमा अत्याधिक चिसो महशुस गरिदैछ ।
सोमवार सम्म विहान हुस्सु लागेपनि दिउँसो घाम उदाँउथ्यो तर विगत तिन देखि घाम उदाएको छैन भन्ने सितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजिवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेशको जनजिवन १० बजे विहान सम्म ठप्प नै हुन्छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ ।

स्थानियहरु आगो तापेर तथा ग्रामिन भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् जस्का कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ । जनकपुरधाममा विहिवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शितलहर र चिसो हावा अझै केहि दिन सम्म रहने अनुमान गरिएको छ ।