एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले अहिले पनि विकासको नाममा मात्र भौतिक निर्माणका काम हुने गरेकोमा दुःख व्यक्त गरेकी छिन् । धनुषा चैम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री महतोले विकासको अर्थ भौतिक निर्माणको कार्य मात्रै नभई अन्य क्षेत्रहरुमा समेत विकास हुनु आवश्यक रहेको बताइन् ।
सो कार्यक्रममा गरिब तथा असहायहरुलाई जाडो छल्नका लागि कम्बल वितरण गर्दै उनले जुन काम सरकारले गर्नुपर्ने सेवामुलक काम धनुषा चैम्बर्स अफ कमर्सले गरिरहेकोमा खुशी लागेको बताइन् । उनले यस्ता परोपकारी काम गर्नका लागि अन्य सामाजिक संस्थाहरुले समेत हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य प्रतिक्षा तिवारी, प्रदेश सांसद दिपेन्द्र ठाकुर, उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, पुर्व मेयर बजरंग प्रसाद साह सहितकाले कर्मशको परोपकारीकामको प्रशंसा गरेका थिए । धनुषा चैम्बर्स अफ कमर्सका अध्यक्ष विजयकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा १ सय १ गरिब तथा असहायलाई कम्बल वितरण गरिएको थियो ।