एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ :
मधेसका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले संघियता कार्यान्वयनकालागि तिनै तहको सरकारबिच समन्वय आवश्यक रहेको बताएका छन् ।
स्थानीय तहको कानून तर्जुमा सम्बन्धी अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले तीनै तहको जनप्रतिनिधिबिच सहकार्य तथा समन्वय आवश्यक रहेको बताए । उनले संघ, प्रदेश तथा स्थानीय तहको कानून नबाँझिने गरी कानून निर्माण गर्नुपर्नेमा ध्यान पुर्याउन आग्रह गरे । यसका लागि तीन तहको संरचनाबिच सहकार्य तथा समन्वय हुनु पर्छ ।
समन्वय र सहकार्यलाई अगाडी बढाउने दिशामा गृह संचार तथा कानून मन्त्रालय अगाडी बढि सकेको जानकारी दिदै मन्त्री लेखीले बाराको कलैया, सप्तरीको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका स्थानीय तहसंग सहकार्य तथा समन्वय अगाडी बढाई सकेको बताए । स्थानीय तहसंग समन्वय गरेर आफ्नो मन्त्रालय काम गर्न तत्पर रहेको मन्त्री लेखीले बताए ।