एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ :
जनकपुर साहित्य महोत्सवअन्तर्गत वक्तृत्वकला प्रतियोगिता भएको छ । सोमबार जनकपुरधाममा नव मिथिला फाउण्डेशनले गरेको प्रतियोगितामा २५ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भए । यस प्रतियोगिताबाट उत्कृष्ट पाँच विद्यार्थी छनौट गरिएको छ । जसमा डेफोडिल्स पब्लिक इंग्लिश बोर्डिङ्ग स्कूलका सत्यम झा, ज्ञानदा इन्टरनेशनल बोर्डिङ्ग स्कूलका सिद्धि ठाकुर, साउथ प्वान्ट बोर्डिङ्ग स्कूलका राजनन्दनी यादव, एर्रे इन्टरनेशनल बोर्डिङ्ग स्कूलका अंशुका पाण्डेय र मिथिला मन्टेसरी बोर्डिङ्ग स्कूलका रितिका यादव छन् ।
त्यस्तै, फाउण्डेशनले महोत्सवका लागि कवितावाचन, कथावाचन तथा चित्रकला विधामा पनि उत्कृष्ट विद्यार्थी छनौट गर्न लागेको छ । मंगलबार कवितावाचन र कथावाचन प्रतियोगिता हुनेछ । त्यसपछि बुधबार चित्रकला प्रतियोगिता हुने फाउण्डेशनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो । यी सबै विधाका उत्कृष्ट विद्यार्थीहरूले माघ २४ गतेदेखि २६ गतेसम्म जनकपुरधाममा हुने जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणमा सहभागिता जनाउने छन् ।