एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ : मधेशमा मधेश सरकारका मुख्यमन्त्री, मन्त्री र हरेक सांसद विर शहिद अमर रहे सहित शहिदको स्मरणमा सवैजसो मञ्चमा नारा र रटान लगाई रहेको हुन्छ । तर शहिदको नाममा मधेशको राजधानी जनकपुरधाममा आयोजना हुने शहिद कप क्रिकेटनै सखाप पार्ने काम मधेश सरकारबाट भएपछि युवाहरु आक्रोस व्यक्त गर्न थालेका छन् ।
शहिद परिवारलाई एकथान दोसल्ला ओढाउँदा मञ्चमा हस्ताक्षर गर्न लगाउने ? एक आध लाख राहत वितरण गर्न लाखौंको खर्च गर्ने ? अनि शहिदको वास्तिविक सम्मानमा आयोजना हुने शहिद कप क्रिकेट जस्ता युवाको आकर्र्षणको टुर्नामेन्ट हटाउने काम खेद जनकरहेको शहिद क्रिकेट कपको आयोजना गर्दै आएको शहिद कप क्रिकेट कमिटिका संयोजक रुपेश सिंहको आरोप छ ।
आकर्षण बढदै गएको शहिद कप क्रिकेटको नामनै हटाउन लागिएको खवर कर्मचारीले आफुहरुलाई जानकारी गराएपछि तत्कालै मुख्यमन्त्रीलाई भेटेर त्यसो नर्गन आग्रह गर्दा पनि सखाप गर्ने काम भएको उनको आरोप छ । मुख्यमन्त्रीलाई तिनपटक भेटेर ध्यानाकर्षण गरायौं उनले भने, ‘मुख्यमन्त्रीले पटक पटक त्यस्तो हुदैन भन्नुभयो तर हटाएरै छोडियो ।’ शहिद कप क्रिकेट हटाउने काम तत्कालिन खेलकुद मन्त्री रहेको प्रमोद जयसवालले गरेको युवाहरुको भनाई छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले तत्काल मन्त्रीसंग कुरा भएको र त्यसो नहुने प्रतिवद्वता व्यक्त गरेपनि नियोजित शहिद कप क्रिकेट हटाइएको उनीहरुको आक्रोस छ । मन्त्रीहरुले मुख्यमन्त्रीलाई नटेरिरहेको उनीहरुको जिकिर थियो । स्वतन्त्र चुनाव जितेर एमालेमा प्रवेश गर्दै तत्कालिन खेलकुद मन्त्री बनेका मन्त्री जयसवाललाई पनि आग्रह गर्दा गर्दै पनि नसुनेको आयोजकको गुनासो छ ।
पछिल्लो टुर्नामेन्टको ३० मध्ये २७ लाख खर्च, तर अझै दिइएन पहिलो पुरस्कार
एता गत अन्तर प्रदेश स्तरिय चौथो संस्करणको शहिद कप क्रिकेट कप २०८१ को पहिलो पुरस्कार अझै पनि विजेता टिम जनकपुर ११ ले पाउन नसकेको खुलेको छ । टुर्नामेन्टको लागि छुटयाइएको ३० लाख मध्ये २७ लाख रुपैया खर्च भइसकेपनि पहिलो हुने विजेता टिमले प्रथम पुरस्कार अझै पनि पाउन नसकेको संयोजक सिंहले बताए । मञ्च व्यवस्थापन वापतको ५० हजार बाहेक २७ लाख सबै मन्त्रालयको कर्मचारीकै रोहवर र माध्यमवाट खर्च गरिएको बताउदै कमिटिले दोस्रो पुरस्कार विजेता सुदुरपश्चिम टिमलाई कमिटिले आफनो पहलमा तत्कालै दोस्रो पुरस्कार राशी १ लाख १ हजार दिएर पठाएको भएपनि पहिलो हुने विजेता टिम जनकपुर ११ ले अझै पुरस्कार राशी २ लाख ११ हजार पाउन नसकेको बताएको छ ।

तत्कालिन मन्त्रालयको सचिव चुडामनी फुयाल र लेखापाल महेन्द्र मण्डलको गैरजिम्मेवारी र लापरवाहीका कारण ३ लाख रुपैया निकासा हुन नसक्दा पुरस्कारनै धरापमा परेको आयोजक कमिटिको आरोप छ । आयोजक मध्येका युवा नेता समेत रहेका रोशन सिंह राणाले शहिदलाई वास्तिवक सम्मान नभएर नौटंकी मात्र हुने गरेको आरोप लगाए । आयोजक कमिटि सदस्य सिंहले पनि मधेश सरकार शहिदको सम्मान र वास्तिविक संस्थागत गतिविधी भन्दा पनि स्टन्टवाजीमा मात्र सक्रिय रहेको कुरा शहिद कप क्रिकेट हटाउने दुश्प्रयासले सावित भएको बताउछन् ।