एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ :
मधेस सरकारले मधेस आन्दोलनका शहीदहरुको सम्मानमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । बलिदानी दिवसको अवसरमा मधेसको गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा मधेस भवन परिसरभित्र बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको हो ।
शहीदहरुप्रति सम्मान प्रकट गर्न र शहीदहरुको बलिदानलाई प्रचार प्रसार गर्ने उद्देश्यले बृक्षा रोपन कार्यक्रम गरिएको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले बताए । उनका अनुसार बलिदानी दिवसको अवसरमा २५ वटा बिरुवा रोपिएको जानकारी दिए ।
गृह संचार तथा कानून मन्त्रालयले यस अघि बलिदानी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम, शहीद परिवारको अभिनन्दन तथा दीप प्रज्वलन कार्यक्रम गरेको थियो ।