एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : मधेस सरकारले बलिदानी दिवस विभिन्न कार्यक्रममा गरी मनाएको छ । यसै क्रममा बलिदानी दिवसको अवसर पारेर शहीदहरुको सम्मानमा मधेस सरकारले जानकी मन्दिरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । शहीदहरुको बलिदानीकै बलमा नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएको र त्यसको उपभोग गरिरहेकाले शहीदहरुको सम्मानमा मधेसका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीको अगुवाई दीप प्रज्वलन गरिएको हो । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शहीदहरुको सम्मानमा १ लाख बढी दीप बालिएको मन्त्री लेखीले बताए । प्रदेश सरकारले बलिदानी दिवसकै अवसर पारेर आइतबार बृक्षारोपन कार्यक्रम समेत राखेको छ । मन्त्री लेखीका अनुसार मधेस भवन परिसर भित्रै बृक्षारोपन कार्यक्रम गरिने छ ।
दीप प्रज्वलन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, विभिन्न मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।