एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ :
जनकपुरधामको वडा नंं ४ मा कालोपत्रे सडक निर्माण कार्य पूरा गर्नेगरी काम अगाडी बढाइएको छ । अत्याधुनिक कालोपत्रे निर्माण चालू आर्थिक वर्षमा नै सप्पन्न गर्ने लक्ष्य लिइएको छ ।
वडा नम्बर ४ अन्तरगत मालपोत–पियरीयामाई स्थान जाने मूल सडक देखि नेपाली काँग्रेसको पार्टी कार्यालय हुदै जलाद नदिसम्मको सडकमा भएका संरचनाहरु हटाएपछि ढल सहितको अत्याधुनिक कालोपत्रे सडकको निर्माण कार्य शुरु भएको हो ।
कूल ६ सय ६५ मिटरको उक्त सडकमा पुरै भागमा अण्डरग्राउण्ड ढल तथा स्फाल्ट प्रविधिको कालोपत्रे सडक निर्माण हुने भएको छ । नेपाल सरकारको संघीय शहरी कार्यालय धनुषाले सडक तथा ढल निर्माणका लागि २ करोड ८७ लाखमा टेण्डर गरेपछि निर्माण कार्य बढाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले शिलान्यास गरेपछि आजै ठेक्का पाएका निर्माण व्यवसायीले कामको शुरुआत गरेको छ । करिव १ हजार घर परिवारका जनताहरु उक्त सडकको निर्माण भएपछि लाभान्ति हुने जनाइएको छ । २० फिट चौडा रहने सो सडकमा ३ फिटको अण्डरग्राउण्ड ह्युम पाईप जडान गरेर जलाद नदिमा लगेर खसाल्ने भएकाले छ ।
वर्षाको समयमा ढलको अभावले उक्त क्षेत्रका घर घरमा पानी पसेरे डुवान हुने गरेका थिए । तत्कालिन संघीय सरकारका सामान्य प्रशासनमन्त्री अनिता साहको सहयोगमा बजेटको व्यवस्थापन भएपछि ढल तथा सडकको निर्माण चालु आर्थिक वर्षको असार भित्रमा सम्पन्न गर्ने गरि काम अगाडी बढाइएको छ ।