एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश संघीयतामा गएकै कारण जनताले धेरै उपलब्धिहरू महसुस गर्न पाएको दाबी गर्नुभएको छ । आइतबार मन्त्री लेखीले सप्तरीमा पत्रकार सम्मेलन गर्दै प्रादेशिक संरचनाकै कारण जनताले विकास, सहजता र समानुपातिक समावेशिताको अनुभव गर्न पाएको बताउनुभएको हो ।
स्थानीय सरकार भएकै कारण जनताले सिंहदरबारको मुख ताक्नु नपरेको उहाँले दाबी छ । २०–३० वर्षअघिसम्म मधेशी, आदिवासी, जनजातिलगायत पछाडि पारिएकाहरूको पहुँच सबै निकाय हुन नसकेको भन्दै अहिले प्रादेशिक संरचना भएकै कारण यो सम्भव भएकोसमेत मन्त्री लेखीले बताउनुभयो । उहाँले मधेश प्रदेश सरकारले धेरै काम गरेको पनि दाबी गर्नुभयो ।
जनकपुरधाममा रासस र मिडिया काउन्सिलको एक कार्यक्रममा बोल्दै उहाँले संघियता धरापमा पर्ने स्थितीको सृजना भए नेपालको संविधान २०७२ पनि धरापमा पर्ने बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘संघियता यदि रहदैन भन्ने संविधान पनि नरहने स्थिती आउँछ ।’
कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका साथै बेटी पढाउ बेटी बचाउ जस्ता अभियान सञ्चालन प्रदेश सरकार भएकै कारण सम्भव भएकोसमेत उहाँले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री लेखीले खुला सीमामा हुने तस्करी तथा अपराधका घटनाप्रति सुरक्षा निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले कुनै एक पक्षको प्रयासले मात्र तस्करी नियन्त्रण नहुने भएकोले यसमा प्रत्येक नागरिक सहयोग आवश्यक रहेकोसमेत बताउनुभयो । आफू मन्त्री भएपछि मधेशका पत्रकारहरूलाई स्वास्थ्य र दुर्घटना बिमाको काम अघि बढाएको बताउँदै उहाँले शहीद परिवारलाई समेत बिमा सुरु गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नीति आयोगकी सदस्य डा. शिला मिश्र, गृह, सञ्चार तथा कानुन मन्त्रालय सचिव उद्धव रिजाल, मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरी प्रमुख डीआईजी कालीदास धौजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका मधेश प्रदेश निर्देशक माधव तिमिल्सिना, सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालगायत सहभागी भएका थिए ।