एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ :
खोटाङ्ग जिल्लामा हुने राष्ट्रि बाँस सम्मेलनको पूर्व तयारी स्वरुप जनकपुरधाममा अन्तरकृया तथा गोष्ठी सम्पन्न भएको छ । विश्वभरी बढीरहेको जलवायु परिवर्तनका साथै बाँसको खेती विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारी स्वरुप सरोकारबला निकायसंग अन्तरकृया गरिएको हो ।
अन्तरकृया कार्यक्रममा वन तथा वातावरण सम्बन्धी देखिएका समस्या, जलवायु परिवर्तन, प्रदुषण नियन्त्रण, बाँसको खेती विस्तार, बजारीकरण, बाँस खेतीमा देखिएका समस्या लगायतको विषयमा छलफल भएको डिविजन वन कार्यालय धनुषाका डिविजन वन अधिकृत विनोद सिंहले बताए । उनले बाँस खेतीलाई अर्थोपार्जनसंग जोडेर खोटाङ्गमा हुन लागेको राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न लागिएको बताए ।
बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतिहरुको खोजी गर्ने ।
बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरुको प्रदर्शनी गर्ने, बाँसको प्रबद्र्धनकालागि सरोकारबलाहरुको ध्यानाकर्षण गराउँदै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने, बाँसको अध्ययन तथा अनुसन्धानलाइ थप बढावा दिने, आर्थिक उपार्जनकालागि बाँसलाई बैकल्पिक श्रोतको रुपमा विकास गर्ने तथा बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने सम्मेलनको उद्देश्य रहेको छ ।
रतौली युवा क्लव लगायतका गैर सरकारी संस्थाको आयोजना तथा डिविजन वन कार्यालयको सहकार्यमा सम्मेलनको तयारी स्वरुप मधेसको राजधानी जनकपुरधाममा आयोजना गरिएको सो अन्तरकृया कार्यक्रममा मधेसका वन तथा वातावरण मन्त्री त्रीभुवन साह, खोटाङ्गको दिक्तेल नगरपालिकाका नगरप्रमुख तिर्थराज भट्टराई, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक राजेन्द्र केसी, वन तथा वातावरण मन्त्री मधेसका सचिव उद्धव बहादुर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।