एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले खानेपानी तथा सरसफाई योजनामा महिलाको सहभागिता हुने गरी निती तथा कानून बनाउने प्रतिबद्धता जनाएको छ ।
आइतवार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालद्वारा आयोजित खानेपानी तथा सरसफाई कार्यान्वयनमा महिलाको अर्थपूर्ण सहभागिता अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले यस्तो बताएका हुन् ।
महिलाहरुको सहभागिताले नै खानेपानी तथा सरसफाई सम्बन्धी योजना विगतमा सफल भएको कयौं उदाहरण छ भन्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउने खानेपानी तथा सरसफाई सम्बन्धी कानूनमा प्रदेश सरकारले तोकेको अनुसारको व्यवस्था मिलाउने बताए ।
उनले प्रदेश सरकारले गएको सात वर्षमा खानेपानी तथा सरसफाई सम्बन्धी एउटा पनि कानून बनाएको छैन । हामीले खानेपानी तथा सरसफाई सम्बन्धी छुट्टाछुट्टै ऐन लागेको जानकारी समेत दिए ।
साथै मन्त्री यादवले मधेश प्रदेशमा शुद्ध खानेपानीमा जनताको पहुँच निकै कमजोर अवस्थामा रहेकाले प्रदेश सरकारले शुद्ध खानेपानी व्यवस्थापनका लागि आफ्नो श्रोत साधन र संघीय सरकारको प्रयासमा जुटेको बताए ।
सो कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले स्थानीय तथा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रममा महिलाहरुको कानूनले तोकेको बमोजिमको अर्थपूर्ण सहभागिताका महासंघ लागेको बताए ।
सप्तरीको सुरुङा नगरपालिका, सिरहाको लहान र पर्साको विरगञ्ज महानगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रममा महिलाको सहभागिता कस्तो रहेको छ भन्ने अध्ययन प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रममा कस्तो अवस्था रहेको छ र अब बन्ने कानूनमा महिलाको सहभागिता बारे छलफल गर्ने उद्देश्यले यो कार्यक्रमका आयोजना गरिएको जानकारी दिए ।