एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
ओझेलमा परेका धनुषा र महोत्तरी जिल्ला स्थित दूधमति नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आजदेखि सीमांकनको काम शुरु भएको छ ।
आइतवार विधिवत रुपमा कार्यक्रम आयोजना दुधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजवाँ गाउँबाट सीमांकनको काम शुरु गरिएको हो ।
प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री र विशिष्ट अतिथि उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नेपालको झण्डा हलाएर सीमांकनको शुभारम्भ गरेका हुन् ।
धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको दूरीमा रहेको दुधमति नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आजैदेखि शुरु गरिएको छ ।
दूधमति नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमति नदी उक्सा तथा विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यकरण गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले दूधमति नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यको रुपमा स्थापित हुने बताए ।
दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले भने नदीको उकास विकास संगै यहाँस्थित दूधमति नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय तह सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्नेछ ।
कार्यक्रममा विशिष्ट अतिथि एवं उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रीम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेकाले यसमा स्थानीय जनताको समेत आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरे ।
परियोजना बारे जानकारी गराउंदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतिको बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११÷११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था रहनेछ ।
कार्यक्रममा स्थानीय तहको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले परियोजना शुरु भएपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले ११ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ५० लाख रुपैया बजेट छुटयाएको । आगामी वर्षदेखि डिपिआर अनुसार बढीभन्दा बढी बजेट छुटयाउने प्रतिबद्धता मन्त्री यादवले जनाए ।