एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : हरेक वर्ष जस्तै यस वर्ष श्री रामानन्द युवा क्लवले विभिन्न तिन विद्याका तिनजना श्रष्ठाहरुलाई पुरस्कृत गरेको छ । मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवको विशेष उपस्थितीमा आयोजित पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमको अवसरमा साहित्य तर्फ विद्यापति स्मृती पदक २०८१ बाट साहित्यकार बिजेता चौधरी, श्री सरस्वती राजनारायण कला पुरस्कारबाट गायक हरिशंकर चौधरी तथा प्रदेश सांसद दिपेन्द्र ठाकुरको आमाबुवाको नाममा स्थापित चन्द्रकला वशिष्ठ खेलकुद पुरस्कारबाट कब्बडी खेलाडी अवधेश पोखरेल पुरस्कृत भएका छन् ।
उनीहरुलाई जनही नगद राशी क्रमश २१, २५ र २१ ह्जार सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ । समारोहमा बोल्दै मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले राजधानीको रुपमा जनकपुरधामको विकासका लागि आफुहरु लागि परेको बताए । त्यस अगाडि पुर्व प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले जनकपुरधामको विकास र सौन्दर्यकरण राजधानीको रुपमा हुन नसकेको धारणा राखेपछि प्रतिउतरमा मन्त्री यादवले आफुहरु सडक, भौतीक संरचना सहितका काम धमाधम गर्न गइरहेको बताए ।
उनले रामानन्दचौक स्थित रामानन्द पार्कको सौन्दर्यकरणका लागि प्लान लिएर आउन क्लवका अध्यक्ष र पुर्व अध्यक्षहरुलाई आग्रह गरेका छन् । सो अवसरमा क्लवका पदाधिकारीहरु, पुर्वअध्यक्षहरु सहित नागरिक समाजका अगुवाहरुको उपस्थिती थियो । यस अघि क्लवले सोहि अवसरमा रक्तदान तथा गरिव असहायका लागि राहत समाग्री वितरण गरेको थियो ।