सोनु साह
जनकपुरधाम, पुष ५ : नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित अध्यक्ष पुरन साहले जनकपुरधामको मेयर मनोज कुमार साहलाई पालिका व्यवहार मात्र नभई विधान र नियम अनुसार चलाउन आग्रह गरेका छन् । उपमहानगरपालिकाको सभाहलमा आयोजित औषधीजन्य फोहर व्यवस्थापन सम्बन्धि छलफलमा सुझाव दिदै अध्यक्ष साहले पालिका व्यवहारले नभई विधी, विधान र नियम अनुसार चलाउँदा प्रशंसनिय हुने बताए ।
एसपी खवरका प्रधान सम्पादक समेत रहेका अध्यक्ष साहले भने, ‘मेयर साव तपाँईको जनता संगको व्यवहार एकदमै मिठो र आदरार्थी छ, तर सबै दिन यसरी हुदैन अव जनताले काम खोजेको छ ।’ मानव संवेदनशिलता र स्वास्थ्यसंग जुडेको औषधीजन्य फोहरको समेत अहिले सम्म व्यवस्थापन हुन नसक्नु लाचारी बाहेक अरु केहि पनि हुन नसक्ने उनको जिकिर थियो ।
ह्ेर्नोस भिडियो