एसपी रिपोर्टर
जनकपुरधाम, पुस १ :
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भ्रष्टाचार गनेलार्ई ५ वर्ष देखि १० वर्षसम्मको सजायलाई बढाएर आजिवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन् ।
मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिएका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको बताउँदै राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मान्छेको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवन शैली बाँच्नुले नै भ्रष्टाचार प्रश्रय पाईरहेको मुख्यमन्त्री सिंहको भनाई थियो । त्यस्ता व्यक्तिमाथि कडा कारवाही गर्नका लागि सुझाव दिए ।
मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब बृद्धि गरेर भ्रष्टार गर्ने माथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दावी पनि गरे ।
कार्यक्रममा अख्यिार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे ।