एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १७ : धनुषा जिल्लामा एकजना वडा अध्यक्षका लागि मात्र भएके स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको छ । जिल्लाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन ।
बिजयी भएका माओवादीले ६८४ नेपाली कांग्रेसबाट अशोक कुमार मण्डलले ६०२ ,जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९ एमालेबाट प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र यस्तै जनमतले २५ पाएका छन् ।
धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो । लगातार दुईपटक कांग्रेसले जित्दै आएको यो वडा कांग्रेस नेता आनन्द प्रसाद ढुंगाना र मेयर बालेश्वर मण्डलको गृह वडा हो ।