एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ : रामायणकालिन भगवान श्री सीतारामको विवाह भएको स्मरणमा तत्कालिन मिथिला र हाल मधेशको राजधानी जनकपुरधाममा हरेक वर्ष मनाईने सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव आजवाट सुरु भएको छ । जनकपुरधाम स्थित जानकी मन्दिर दुल्हीनझै सजाइएको छ, प्रदेश सरकार र प्रहरी प्रशासन पनि आ आफनै तयारीमा जुटेका छन् ।
हरेक वर्ष सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महामहोत्सव आजवाट विधिवत सुरु हुदैछ । आज पहिलो दिन नगरदर्शनको कार्यक्रम छ । अवधका राजा दशरथका सुपुत्र राजकुमार भगवान राम आफना भाई लक्ष्मण संग मिथिलाको जनकपुरधाम आउँदा सर्व प्रथम नगरदर्शन गराईको यादवमा विवाह पञ्चमीको पहिलो दिन नगरदर्शनको कार्यक्रम गरिन्छ ।
दोस्रो दिन फुलबारी लिलाहुन्छ । जहाँ फुल टिप्न सखीसहेली संगै फुलबारी गएकी माता जानकीको भेट पहिलो पटक रामसंग भएको दर्शाइन्छ । तेस्रो दिन रामजानकीको बुवाहरु सम्धी मिलान गर्ने र जानकीको पक्षबाट रामपक्षलाई विभिन्न परिकार उपहार प्रदान गर्ने तिल्कोत्सव विधी भब्यता पुर्वक हुन्छ । यसवर्ष अयोध्यामा पनि पुगेर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफै तिल्कोत्सव चढाएका थिए ।
चौथो दिन राजाजनकले आफनो महलमा रहेको शिव धनुष भाँच्न सक्ने राजकुमारलाई मात्र छोरी दिने प्रतिज्ञा अनुसार भएको धनुष यज्ञको स्मरणमा धनुषयज्ञको आयोजन हुन्छ र पाँचौ दिन स्थानिय गंगासागर, कमला नदिमा गएर मटकोर खनेर विवाहका लागि विवाहमण्डपमा आवश्यक पर्ने माटो खनेर विधिपुर्वक ल्याइने मटकोर विधी हुन्छ । छैठौं दिन पञ्चमी तिथीका दिन जनकपुरधामको बा्रहबिघ्घा रंगभुमि मैदानमा रामजानकीको स्वयंवर र जानकी मन्दिरमा बनाईको विवाहमण्डप र वेदीमा वैवाहिक विधी र कार्यक्रम हुन्छ भन्ने सातौ दिन जन्तीमा आएका साधुसन्तहरुलाई सामुहिक भोजन तथा दक्षिणा दिएर रामकलेवा विधी हुदै विवाह पञ्चमी महामहोत्सवको समापन हुन्छ ।
पञ्चवर्षिय कार्यक्रम अन्तर्गत यसवर्ष विशेष जन्ती अयोध्याबाट आउन लागेकोमा मधेश प्रदेश सरकार पनि तयारीमा जुटेको छ । मधेश सरकारले आफनो मुख्यालय मधेश भवनको सम्पुर्ण पर्खाललाई मिथिला चित्रहरुले सजाएको छ भने सुरक्षा प्रवन्ध मिलाउन प्रहरी प्रशासन संग समन्वय गरिरहेको छ ।
मधेशको बारामा पञ्चवर्षिय गढीमाई मेला र विवाहपञ्चमी समेत संगै परेकाले मधेशको भारतिय सिमानाका सहित समग्र सुरक्षा व्यवस्था कडा पार्ने तयारी प्रहरीको छ । भारतको आयोध्याबाट भगवान राम लक्ष्मणको प्रतिमुर्ती सहित तामझामका साथ निस्कीसकेको साधुसन्त सहितको जन्ती मंगलवार जनकपुरधाम आइपुग्ने छ ।