एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १५ : बहुप्रतिक्षित पहिलो नेपाल प्रिमियर लिग (एनपिएल)को समुदघाटन म्याचमा जनकपुरधामको टिम जनकपुर बोल्ट्स जित दर्ज गर्दै ईतिहाँस रचेको छ । यो जित एतिहाँसिक रुपमा नेपालको खेल जगतमा जनकपुरको नामा दर्ता हुने छ ।
टस पनि जितेको जनकपुर पहिलो क्षेत्ररक्षण रोजेपछि १ सय २८ रनको लक्ष्य विराटनगरको तर्फबाट पाएकोमा मात्र दुई विकेटको क्षतीमा पुरा गर्दै विराटनगर किंगस विरुद्व फराकिलो ८ विकेटको जित दर्ज गर्दै स्मरणीय जित निकालेको छ ।
विराटनगरका लागि न्युजिल्याण्डका खेलाडी गुप्टिलले ५५ रनको व्यक्तिगत योगदान दिएपछि सम्मानजनक योगफल तयार पार्न सकिएको थियो । प्रतिउतरमा ब्याटिङ्ग गर्न आएका जनकपुर टिमका पनि आशावादी दुई ओपनर आशिफ शेष र अनिल कुमार साह सस्तोमै आउट भएपछि समर्थक निराश बने । यहाँ पनि विदेशी खेलाडीले नै टिम बचाउन र जित निकाल्न सफल भएको छ ।
श्रीलंकाली खेलाडी मिलन्थाले व्यक्तिगत ७५ रन जोडन सफल भएपछि जनकपुरको जित सहज भएको हो । उनलाई साथ दिएका दोस्रो बल्लेबाज हर्ष थाकरले पनि नटआउट २९ रनको योगदान दिदै दुवैजनाले १ सय १६ रनको साझेदारी गर्दै जनकपुर बोल्ट्सको एतिहाँसिक जित दर्ता गराउन सफल भएको छ ।
जनकपुरधामबाट प्रकाशित÷प्रशारित एसपी खवर परिवार जनकपुर बोल्ट्सलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछ ।