एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १४ : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफुलाई भुमिगत समुहले चन्दा माग्दै धम्काएको खुलासा गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका जय कृष्ण गोइतले आफुलाई पछिल्लो केहि महिना देखि पटक पटक फोन गरेर आर्थिक सहयोग गर्नुपर्ने र आफुले सक्दिन भनेपछि कसरी सक्नु हुन्छ मैले जान्या छु भन्दै धम्काउने गरेको बताएका छन् ।
उनले आफुले सुरक्षा समितिको बैठकमा यो विषय राखेपछि अन्य मधेश सरकारका मन्त्रीहरुलाई पनि त्यस्तै फोनहरु आउने गरेको तर मन्त्रीहरुले प्रहरीलाई मात्र भनेर सार्वजानिक नगर्ने गरेको खुलेको पनि उनले बताए । उनले प्रहरी प्रशासनको काम मधेशमा ठिक भईनरहेको आरोप पनि लगाएका छन् ।
विगत केहि दिन एता मधेको विभिन्न जिल्लाको प्रहरी चौकी पुग्दा १० बजे पछि पनि प्रहरी ईन्चार्ज सहितको प्रहरी जवानहरु लुंगी, कट्टु सहितकै पोशाकमा आफुले पाएको उनको आरोप छ । उनले स–साना कुराहरुमा पनि मन्त्री भएरै फोन गर्दा पनि प्रहरी प्रशासन आफनै अनुसार हिन्ने गरेको गुनासो गरेका छन् ।
उनले बाराको गढीमाई मेला र जनकपुरधामको विवाह पञ्चमी लाई सुरक्षित बनाउने विषयमा सुरक्षा निकायसंग दुवै जिल्लामा छलफल भइरहेको जस्मा विवाहपञ्चमीमा १४ सय सुरक्षाकर्मी परिचालन हुने र बारामा भोली सुरक्षा समितिको बैठक आह्वान गरिएको बताए । उनले आफु लक्षित समाचारहरु केहि अखवारमा छापेको प्रति खण्डन गर्दै कपोकल्पित समाचार रहेको र श्रृंखलाबद्व रुपमा नियोजित समाचार लेख्ने काम भएको आरोप लगाएका छन् ।