एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ९ :
जनकपुरधाममा “उद्यमशील संस्कृति, राष्ट्रियकाे समृद्धि” भन्ने मूल नाराका साथ १० औं उद्योग दिवस भव्यताका साथ मनाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाद्वारा १० औं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ मनाइएको हो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अली मियाँले प्रदेशका उद्योगी व्यवसायीलाई प्रवद्र्धन तथा प्रोत्साह गर्न आवश्यक रहेको बताए । उनले उद्योगलाई प्रवद्र्धन तथा उद्योगी व्यवसायीलाई प्रोत्साह मधेश सरकारले पनि स्टार्टअप कार्यक्रमको योजना बनाइरहेको जानकारी दिए । संघले उपलब्ध गराए जति रकम उपलब्ध गराउन प्रदेशले नसके पनि केही रकम उपलब्ध गराएर उद्योगीलाई सहयोग गर्ने उनले बताए ।
मन्त्रीले प्रदेशका उद्योगलाई चलायमान र अग्रसर बनाउन विज्ञसँगको सुझावमा उद्योग सञ्चालन गर्ने योजना प्रदेश सरकारको रहेको जानकारी दिए ।
मन्त्री मियाँले प्रदेशमा औद्योगिक विकासलाई द्रुतगतिमा अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको जिकीर गर्दै उनले भने,“मधेश प्रदेशको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलताको विकास अत्यन्त आवश्यक छ । यसका लागि प्रदेश सरकार नीतिगत सुधार र सहकार्यका लागि तत्पर छ ।”
उद्योग दिवसका अवसरमा उद्यामी शाकाहार भान्सा परिकार उद्योगकी सञ्चालक प्रमसिला देवी र आर पि सर्फ एण्ड साबुल उद्योगका सञ्चालक सरोजकुमार साहलाई सम्मानित गर्दै स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वमाथि चर्चा हुनुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोषकुमार साहले छरिएर रहेका अनौपचारिक अर्थतन्त्रलाई औपचारिक तन्त्रमा परिणत गर्ने नाराको मूल उदेश्य रहेको बताउनुभयो । औद्योगीहरुको लुप्त रहेको क्षमतालाई प्रोत्साहन गर्ने उदेश्यले उद्योग दिवस मनाइएको उल्लेख गरे । उद्योग वाणिजय संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहले औद्योगीक क्षेत्रमा देखिएका चुनौतीहरू र सरकारबाट अपेक्षित सहयोगका विषयमा आफ्ना सुझाव राखेका थिए ।
कर्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जनकपुरधामका प्रमुख हस्तबहादुर राई, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका लेखा अधिकृत सोनीकुमारी कर्ण, जनकपुरधाम उद्योग वाणिजय संघका सल्लाहकार बजरंग यादब , वरिष्ठ उपाध्यक्ष मनोजकुमार साह, उद्योग उपाध्यक्ष गौतम साह, उपाध्यक्ष लक्ष्मण साह , महासचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साह तथा उद्योगी व्यवसायीसहितको उपस्थिति रहेको थियो ।