FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस ईदमा नयाँ लुगा किन्ने पैसाले गरिव विपन्नलाई राहत दान, साफी परिवारको पृथक ईद, घर घरमै ईद मनाउन धनुषा प्रहरीको आग्रह

यस ईदमा नयाँ लुगा किन्ने पैसाले गरिव विपन्नलाई राहत दान, साफी परिवारको पृथक ईद, घर घरमै ईद मनाउन धनुषा प्रहरीको आग्रह

पुरन रौनियार
जनकपुरधाम, जेठ ८ :
मस्लिम समुदायका लागि ईद पर्व हर्सोल्लास पुर्वक मनाउने पर्व हो । एक महिना सम्म रोजा बस्ने र ईद मनाउने दिन नयाँ नयाँ लुगा लगाएर मिठा परिकार खाने र हर्सोल्लास मनाउने पर्व हो ईद । तर यस वर्ष विश्वव्यापी कोरोना महामारी र त्यसवाट बच्न लागु गरिएको लकडाउनले मुस्लिम धर्माम्वलम्वीहरुको महान पर्व ईदमा पनि प्रभाव पर्ने नै भयो ।

यस अघि रोजामा एक महिना सम्म मस्जिदमा सामुहिक रुपमा भेला र उपस्थित भई प्रार्थना गर्ने गरिन्थ्यो तर यस वर्षको रोजा घर घरमै सिमिति भयो । साँझ रोजा तोडने वेलामा परिवारजन, साथीभाई इष्टमित्रसंगै मिठा परिकार खाएर रमाउने गरिन्थ्यो तर यस वर्ष परिवारमै समेटिएको छ त्यो उल्लास ।

यसैबिच जनकपुरधामका एक मुस्लिम परिवार यसवर्षको रमजान र ईदलाई भने पृथक तरिकाले मनाइरहेका छन् । राजनितिज्ञ र समाजिक अभियन्ताहरुको सो परिवार यस वर्ष नयाँ लुगा किन्न खर्च हुने रकम गरिव विपन्न तथा आफनै अभाव रहेका छरछिमेकमा सहयोग गरेर मनाउने प्रण उनीहरुले गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ निवासी इसुपÞm साफी उनका छोराहरु इलियाश साफी, डा. सज्जाद साफी, इद मोहम्मद साफी (जानी खान), रियाज साफी र जिलानी साफी सहितकाले रमाइलोमा गरिने यस वर्षको खर्च २ सय अभाव भएका परिवारलाई राहत वितरणमा खर्च गरेका छन् ।

जनता समाजवादी पार्टीका युवा नेता समेत रहेका जानी खानले एसपी खवरलाई भने, ‘हामी धर्म कमाउनकै लागि यस्ता पर्व मनाउँछौं, तर अहिले समाजमा धेरैलाई समस्या र अभाव छ, तर्सथ यो पनि मानविय धर्म नै रहेकाले हामी सक्दो सहयोग गरेका हौं ।’ आज वडा नं. ६ र भोली वडा नं. ५ मा समस्यामा रहेका एक÷एक सय परिवार गरि दुईसय परिवारमा १० किलो चामल र १ केजी. सेवई सहित खाद्यन्न समाग्री सहयोग गरिएको खानले बताए ।

‘‘गरिव, विपन्न र समस्यामा परेकालाई सहयोग गर्नु समेत एक प्रमुख धर्म नै रहेको प्रेरणा समेत ईद पर्ववाटै प्राप्त भएको हो । ’’

हाम्रो सानो सहयोगले समस्यामा रहेका वहाँहरुलाई पनि घरमै ईद मनाउन हदै सम्म राहत हुन्छ भने हाम्रो विश्वास छ रियाज साफीले थपे । भोलीको शुक्रवारलाई हामी रमजानमा अलविदा जुम्मा भन्छौं, जानीले भने, ‘समान्य अवस्थामा हाम्रो लागी भोलीको जुम्मामा भब्य सहभागिताका बिच नमाज पढिन्थ्यो तर अवस्था प्रतिकुल रहेकाले हामी सवैजना घर घरमै देश विदेश र सम्पुर्ण मानव समुदाय तथा जनताको हितका लागि समेत प्रार्थना गर्ने छौं ।’ ईद जस्तो महान पर्वमा सक्दो कोहि पनि अभावमा नरहुन घरमै भएपनि पर्व खुसी खुसी मनाउन भने उद्देश्यले सक्दो सहयोग गरिएको परिवारका अभिभावक इसुफ साफीले बताए । गरिव विपन्नलाई दान गर्नुपर्ने प्रेरणा समेत ईद पर्वले नै दिएकाले समेत सहयोग गरिएको उनीहरुको भनाई छ ।

घर घरमै ईद मनाउन धनुषा प्रहरीको आग्रह

एता स्थानीय प्रशासनले पनि यस वर्षको रमजानमा मुस्लिम समुदायलाई घरमै नमाज पढ्न आग्रह गरेको छ । यस जिल्लाका सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई यसवर्षको रमजानका सबै कार्य घरमै बसेर गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको हो । कोरोना भाइरस संक्रमणसँग जुध्न अपनाइएको सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनलाई पालना गरी ईदको नमाज मस्जिद र ईदगाहमा नगई आ(आफ्नो घर भित्रै पढेर ईद मनाउन मुस्लिम समुदायलाई आग्रह गरको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट लकडाउन समेत जारी गरिएको हुँदा मुस्लिम धर्मावलम्बीहरुले मनाउने ईदुलफित्र (ईद) पर्वको नमाज मस्जिद, ईदगाहमा नपढी आ–आफ्नो घर भित्रै पढी पर्व मनाउन सक्रिय सहयोग एवं समन्वयका लागि अनुरोध गर्नुका साथै यो सुचनाबाट ईदुलफित्र (ईद) पर्व मनाउने श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पिडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा क्षमा प्राथी छौं ।’ कोरोना भाइरसले कुनै पनि जाति, धर्म, लिङ्ग र समुदायलाई नछोड्ने भएकाले यसबाट आफू कसरी बच्ने र सिङ्गो देशबासीलाई कसरी बचाउने भन्नेतिर सवै समुदाय लाग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

5 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

10 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy