एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधान एवं गृहमन्त्रीले बिआरआईलाई चिनिया पोलिसी भन्दै अनुदान सम्म ठिक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संग भने, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुदैन यो कांग्रेसको अडिग धारणा हो ।’
केहि दिन अगाडि मात्र चिनिया राजदुतले आमन्त्रणा गरि निधीलाई डिनर सहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चिन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताएका छन् ।
उनले अन्तराष्ट्रिय सम्बन्ध समिति र संसदमा पनि बिआरआईको विषय त्यस भित्रका सन्दर्भ र योजनाहरु बारे छलफल हुनपर्ने बताएका छन् । बुझदै नबुझि हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ ।