पुरन रौनियार
जनकपुरधाम, मसिंर ५ : एक त मधेशको सरकारी स्वास्थ्य संस्थाहरुमा विभिन्न उदासिनताका कारण राम्रो भौतीक संरचना हुदैन, जस्ले सेवाग्राहीलाई सास्ती खेप्नु पर्दछ, यहाँ सम्मकी डिसचार्ज भएर अन्यत्र जानु पर्दछ । तर जहाँ जे छ त्याँ पनि अनेकन समस्याको नाउँमा ठुलठुला भवन र संरचनाहरु प्रयोग विहिन भएर मधेशको एक मैथिली उखान ‘जाइतो गमेलौं आ स्वादो नहि पैलौं’ जस्तो अवस्था देखिन्छ । एक त दातृ निकायलाई हारगुहार गरेर हातमुख जोडी भवन बनाउने, सरसमान र उपकरण किन्ने, बन्दा प्रयोग विहिन हुने, यो अहिले मधेशको आधुनिक समस्या बनेको छ ।
यो चिटिक्क परेको भवन मधेशको जनतालाई सहज र गुणस्तरीय प्रसुती सेवाका लागि अमेरिकी सरकारले जनकपुरधाम स्थित प्रादेशिक अस्पताल छेउमा बनाइदिएको भवन हो । करिव १६ करोड रुपैया खर्चेर अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको भएपनि अहिले उद्देश्य अनुसार प्रयोगमा त आएन आएन बरु यसलाई अहिले शैक्षिक संस्थाको रुपमा परिणत गरिएको छ ।
यहाँ अहिले अस्पतालको प्रशासनको जिम्मा समेत पाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ स्वीकृती पाएको कोर्ष एमबिबिएसको भर्ना र नर्सिङ्गहरुको पढाई भइरहेको छ । तत्कालिन उपप्रधान तथा स्वास्थ्य मन्त्री तथा मधेशका अगुवा नेता उपेन्द्र यादव, अमेरिकी राजदुत सहितकाले आफनै हातले समुदघाटन गरेको यो भवन करिव ८ महिना पुग्न लाग्दा पनि बर्थिङ्ग सेन्टर बन्न सकेको छैन । बरु अहिले बर्थिङ्ग सेन्टरको नाम मेटेर एकेडेमिक भवन ब्लक बी उल्लेख गरिदिएको छ ।
अस्पताल प्रशासन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको भने आफनै दावी छ । आफुहरुको योजना अनुसार भवन बन्न नसकेको, चिकित्सक, नर्श सहितका म्यानपावर कमि रहेको, अस्पतालको मुख्य भवन देखि टाढा र बिचमा सर्वसाधारण प्रयोग गर्ने बाटो भएको र ल्याव, आईसियु सहितको सम्पुर्ण सुविधान भवनमै नहुन्जेल सम्म सेवा स्थान्तरण सम्भव र भरपर्दो नरहेको जिकिर प्रष्ठिानका प्रवक्ता डा. रामज्ञान यादवको छ ।
काठमाण्डौंको थापाथली स्थित प्रसुतीगृह पछि देशकै सबै भन्दा बढि बच्चा जन्मिने जनकपुर प्रादेशिक अस्पतालको प्रसुती गृहमा कामगर्ने प्राविधिकहरुको अनुसार पनि बिना अन्य पुर्वाधार र सुविधा नयाँ भवनमा सेवा सहज देखिदैन । प्रसुती सेवामा काम गर्ने अस्पतालकी नर्सिङ्ग प्रमुख रञ्जु यादव तथा शल्यक्रिया कक्षमा कामगर्ने रिना यादवले भवन भएर मात्र नहुने बताउदै प्रसुतीसेवाका लागि शल्यक्रिया, आकस्मिक सहितका सबै पुर्वाधार र जाँच सुविधा भए मात्र नयाँ भवनमा सेवा सफल हुने बताउछिन् ।
उनीहरुका अनुसार यहाँको प्रसुती गृहमा दैनिक ३० देखि ४० समान्य र १० देखि १५ शल्यक्रियाबाट बच्चाको जन्म हुन्छ । वार्षिक दश हजार भन्दा बढि बच्चा जन्मिने व्यापक विरामीको भिडभाड हुने यस अस्पतालको कुल २ सय बेड क्षमता मध्ये आफै भवनमा हाल ७६ बेडको प्रसुती सेवा सञ्चालनमा छ । अव्यवस्था र जनशक्तिको अभावमा यहाँ सुमधुर सेवा, फोहर र भरोसाको अभाव भई अधिकांश विरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।
प्रसुती गृहमा विरामी कुरुवाका रुपमा भेटेका महोतरीका राजनितिज्ञ राजेश यादव तथा धनुषा बफैका पत्रकार समेत रहेका चन्द्रदेव साहले प्रसुती सेवा राम्रो भएपनि अस्पतालको व्यवस्थापन, फोहर दुर्गन्ध, अस्पताल २०० बेड क्षमताको भएपनि करिव चार सय बेडको हाराहारीमा सेवा प्रदान भईरहेको र जनशक्ति अभावमा विभिन्न समस्या हुने गरेको अस्पताल प्रशासनको दावी छ ।
कारण जे सुकै होस यस्ता भौतीक संरचनाको व्यवस्थापन र सदुपयोगको दायित्व राज्यले लिनुपर्छ । दातृ निकायले जुन उद्देश्यले भौतीक पुर्वाधार निर्माण गरिदिएको छ सोहि उद्देश्य प्राप्तीका लागि सदुपयोग हुन आवश्यक पनि छ । नभए विकासोन्मुख, दातृ निकायको भरपर्ने हाम्रो जस्तो देशमा अगामि दिनमा त्यस्ता निकायहरु पनि लगानी गर्न हिचकिचाउने जोखिम हुन सक्छ ।