एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : मिथिलाको चाडपर्वहरु सम्पन्न भएसंगै अव महामहोत्सवका रुपमा हरेक वर्ष मनाईने विवाहपञ्चमीको रौनक सुरु भएको छ । यसवर्ष पञ्चवर्षिय रुपमा आउने विशेष जन्ती आउने र आयोध्यामा राममन्दिर समेत निर्माण भएको अवसरमा विशेष रुपमा जनकपुरधाममा विवाह पञ्चमी मनाउन लागिएको छ ।
जनकपुरधाममा यस वर्ष विशेष रुपमा विवाह पञ्चमी मनाईने भएको छ । कोशेली सहित भारतको अयोध्याबाट विशेष जन्तीमा आउने विशिष्ठ व्यक्तित्व र साधुसन्तका लागि अयोध्या आमन्त्रण लिएर मधेशका मुख्यमन्त्री आफै जाने भएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह भोली मात्र जाने भएपनि जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्र सहित भारतको अयोध्याका लागि आजै जानकी मन्दिरबाट प्रस्थान गरेको छ ।
अगामि मसिंर २१ गते हुने भगवान सीतारामको विवाहोत्सवलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीकालागि आमन्त्रण पत्रसहित अयोध्याकालागि विश्व हिन्दु परिषदका पदाधिकारीहरु सयौँको संख्यामा अयोध्याकालागि प्रस्थान गरेका हुन् । तीलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंह र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विदाई गरेका हुन् ।
मुख्यमँअयोध्या प्रस्थान गरेको टोलीलाई विदाई गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित पार्न प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस अघि रहँदै आएको गैपलाई मिलाउने काम प्रदेश सरकारले गर्ने बताए । आज बिदाई भएको टोली राती बिरगंजमा बस्ने र भोली बिहान मुख्यमन्त्री सिंह सहित बिरगंजबाट टोली अयोध्या प्रस्थान गर्ने छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विश्व हिन्दुृ परिषदले तिलक पठाउने नयाँ कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले यस प्रकारको कार्यक्रमले नेपाल भारतको जनकपुरधाम र अयोध्यालाई थप नजिक ल्याउन मद्दत पुग्ने बताए ।
तिलक लिएर जाने समुह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलक सहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषदका महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा राम मन्दिर ट्रष्टका प्रमुख चम्पत रायलाई हस्तांतरण गरिने छ । राय सहित अयोध्याबाट यस वर्ष विशेष जयन्ती आउन लागेको बताइएको छ । विश्व हिन्दू परिषदले हरेक वर्ष जस्तै विवाह पञ्चमीमा यस वर्ष पनि विशेष सामुहिक विवाहको कार्यक्रम समेत आयोजना गर्ने छ ।