एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ : जनकपुरमा प्रहरीको विरोधमा नारावाजी गर्ने १६ जना विद्यार्थी नेतालाई पक्राउ पछि रिहा गरिएको छ । केहि समय अगाडि आफुहरुलाई रिहा गरिएको जसपाका नेता नविन यादवले बताए । समाजवादी विद्यार्थी युनियनका बिद्यार्थी नेताहरुको नेतृत्वमा रहेको टोलीलाई जनकपुरको बसहिया रोडस्थित माँ दक्षिणकाली मन्दिर नजिकबाट प्रहरीको विरोधमा नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालय जाने क्रममा उनीहरुलाई माछा बजारबाट पक्राउ गरिएको थियो ।

जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाडी विना पास लकडाउन उल्लंघन गर्दै अनावश्यक रुपमा आहोरदोहोर गरेको भन्दै प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो । त्यसकै विरोधमा उनीहरुले विरोध ¥याली निकालेका थिए । उनीहरुले प्रहरी आतंक बन्द गर, गलत पत्रकारिता बन्द गर भन्दै माँ दक्षिणकाली मन्दिर नजिकबाट विरोध र्याली निकालेका थिए । पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादव, मुकेश झा लगायत १६ जना विद्यार्थी नेताहरु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

प्रदेशसभा सदस्य अशोक यादवको सरकारी नम्बर प्लटेको गाडी ड्युटीमा रहेका रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्जले गत शुक्रबार जनकपुरको भानुचोकबाट लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । गाडी नियन्त्रणमा लिएको भन्दै प्रहरी र सांसद यादव बिच त्यहाँ चर्काचर्की समेत भएको समाचार केहि अनलाईन सञ्चार माध्यममा समेत प्रकाशित भएको भएको थियो ।