एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० : आज कार्तिक पुर्णिमा, कार्तिक स्नान र कमला स्नानले पनि प्रसिद्व दिन । कमलामा आज भुत मेला पनि लाग्छ भन्ने पनि प्रचलन छ । आजको दिन सिद्वी र मुक्तिका लागि कमला किनारमा भुतप्रेत र धामी झाँक्रि देवता पनि खेल्ने परम्परा छ भन्ने आजको दिन कमलामा डुबकी लाउनाले कल्याण हुने जनआस्था छ । त्यसैले अस्वभाविक भिडभाड लाग्ने गर्दछ ।
भाकल चढाएर कमला किनारामै सबै मिलेर प्रसाद खाने भएकाले पिकनिक जस्ता साना ठुला समुहको कारण कमला छेउछाउका दृश्य पनि रमनिय हुन्छ । यसै क्रममा आजै रघुनाथपुरको ढोलबज्जामा पर्ने सीताघाटमा कमला बचाउ अभियानले सान्दर्भिक कार्यक्रमको आयोजन समेत गरेर कमला कसरी बचाउन सकिन्छ ? भन्ने विषयमा नेपाल भारतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितीमा सार्वजानिक विर्मश गरेको छ ।
सबैला नगरपालिकाको वडा नं. १३ कार्यालयको आयोजनामा, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुङ्गाना, मधेश सरकारका अर्थ मन्त्री शुुनिल कुमार यादव, प्रदेशसभाका सदस्य संजय महतो, सबैलाका प्रमुख कारीराम यादव, शहिदनगरका पुर्व मेयर उदय यादव बरबरिया सहित छेउछाउ पालिकाका मेयरहरु, भारतका गंगा समग्रका राष्ट्रिय मन्त्री डा. रामाशंकर सिन्हा, मुल सर्यु बचाउ अभियानका संयोजक तथा ५४ लाख वृक्षारोपणकर्ता पवन कुमार सिंह सहितको उपस्थितीमा भएको कार्यक्रममा कमलाको महत्व भारत संगको पौरानिकता, सम्बन्ध र प्रभावका विषयमा चर्चा परिचर्चा गरिएको छ ।
वक्ताहरुले कमला नेपाल मात्र नभई भारतको समेत नदी भएकाले दुवै देशको सरकार अपनत्वका साथ संरक्षण र व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । कमला बचाउ अभियानका संयोजक विक्रम यादव, सचिव विनोद महरा, वडा अध्यक्ष देवनारायण महतो सहितकाले कमलाको धनुषा र सिरहा तर्फ बनाईको बाँध आफै धरापमा रहेकाले कालोपत्रे सडक सहित जिर्नोदार हुनुपर्ने बताए । सो अवसरमा आज विशेष कमला आरतीको आयोजना गरिनुका साथै भारतिय अतिथिहरु स्नान र भण्डारामा सहभागि भएका थिए ।