एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २९ : लोसपाका नेता पुर्वमन्त्री अनिल कुमार झा एकाएक धनुषाको क्षेत्र नं. ३ मा सक्रियता बढाउन थालेका छन् । आम निर्वाचन २०७९ को नतिजा पछि क्षेत्र र पार्टीमा समेत मौन देखिएका पुर्व मन्त्री समेत रहेका नेता झा पछिल्लो समय यस अघिको प्रतिनिधीसभा निर्वाचनमा चुनाव समेत लडेको क्षेत्र धनुषा ३ मा सक्रिय देखिन थालेका छन् ।
उनी २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस सहितको गठबन्धनबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार बनेर यसै क्षेत्रबाट लडेका थिए । एमालेकी जुली महतो चुनाव जित्दा उनी निकटतम प्रतिद्वन्द्वी रहे । जसपा संगको गठबन्धनमा एमालेकी महतो ३३ हजार ३ सय ८८ मत ल्याउँदा कांग्रेस संगको गठबन्धनकारी लोसपाका उम्मेदवार झा २३ हजार ६ सय ८६ मत ल्याएका थिए ।
यस अघि २०७४ को आम निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतो निर्वाचित भएकाले २०७९ मा यो क्षेत्र लोसपाको भागमा परेको र महतो सर्लाहीबाट चुनाव लडेको झा निर्वाचित रौतहटको उनको क्षेत्र माधव नेपालले आफनो हिस्सामा पारेपछि नेता झा यस क्षेत्रबाट चुनाव लड्न बाध्य भएपनि सम्मानजनक मत ल्याएका थिए ।
लोसपाका धनुषा अध्यक्ष जिवेन्द्र झा, हँसपुरका पुर्व मेयर तथा लोसपा नेता रामज्ञान मण्डल सहितलाई लिएर नेता झा क्षेत्रको ठाँउ ठाँउमा पुगेर आफु मतदातालाई भेटन आएको भन्दै समाचार बुझने गरेको नेताहरुको धारणा छ ।
यो पनि पढनुहोस