एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २८ : नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले विद्यापति कवि कोकिल मात्र नभएर समाजिक र राजनिति परिवर्तणको पनि जानकार क्रान्तिकारी योद्वा रहेको स्मरण गराएका छन् । मुरलीसर स्थित विद्यापति ट्रष्टको आयोजनामा भएको समारोहमा प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले भने, विद्यापति कवि मात्र नभई समाजिक संरचना र व्यवस्थापन, शासन स्र्वोच्चता र व्यवस्थापन र समाजिक परिवर्तणका सम्वाहक पनि रहेकाले त्यसै अनुसार वहाँको स्मरण हुन आवश्यक छ ।
उनले नेपाल र भारतमा पनि विद्यापतिका रचना र महिमाको बखान हुने गरेको भएपनि विद्यापतिको कालमा नेपाल र भारत भन्ने देशनै नरहेको पनि तर्क गरे । राजा र राजपरिवारलाई शासन गर्न प्रेरित गर्ने कुशल विज्ञको काम पनि विद्यापतिले गरेको बताउदै उनले उनलाई कविता, रचना र गितकारका रुपमा मात्र स्मरण गरिए अपूर्ण हुने बताए ।
वरिष्ठ साहित्कार तथा लेखक रोशन जनकपुरीले विद्यापतिलाई कुनै एकजाती विशेष भन्दा पनि समाजिक अभियन्ता र समाज सुधारकको रुपमा पनि बुझनुपर्ने र बिश्लेषण हुनुपर्ने बताए । विद्यापति व्यापक भएको बताउदै जनकपुरीले देवता, जातीको घेराबाट बाहिर निकालेर उनको व्यपकतालाई प्रचार गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा विभिन्न वक्ता तथा कविहरुले आ आफनो धारणा तथा रचनाका माध्यमले विद्यापतिको स्मरण गर्दै उनको योगदान, महिमा र उनको बारे अहिले भइरहेको चर्चा परिचर्चा र सन्दर्भ बारे बोलेका थिए । सो अवसरमा विभिन्न कवि र व्यक्तिहरुलाई सम्मान गर्नुका साथै पुर्व जिसस उपप्रमुख दिपक झा नेतृत्वमा रहेको वर्तमान विद्यापति ट्रष्टको परिचय पनि गराइएको थियो ।