एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधान अनुसार प्रदेशलाई दिइनुपर्ने शक्ति नदिई आन्दोलन गर्नुपर्ने बताएका छन् ।
महोतरीका कांग्रेसका चर्चित नेता शहिद स्व. शिवचन्द्र मिश्रको ८१ औं जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधीले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यस भित्र उल्लेखित उपलब्धी बचाउन कांग्रेसनै नेतृत्व लिन आवश्यक रहेको बताएका छन् । उनले भने, ‘मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रुपमा बनाईदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।’
सर्वपक्षीय सर्व दलिय संर्घष पछि नेपाली कांग्रेसको नेतृत्वमा संघिय गणतन्त्रात्मक प्रणाली सहितको संविधान पाइएको बताउदै उनले स्व. शिवचन्द्र मिश्र शहिद दुर्गानन्द झा सहितक नेता र योद्वाहरुको प्रेरणाबाट मधेशमा कांग्रेसले बिरासत बनाएको बताउदै जनताको छोरा सर्वेसर्वा हुने संघिय प्रणाली विरुद्व हुने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।
गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरु स्मरण गराउदै निधीले स्व. मिश्र लोहरपट्टी मात्र होइन देशकै सपुत रहेको बताए । कांग्रेस महोतरीका सभापति नागेश्वर यादवले नेता निधी भौतीक पुर्वाधार मन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तार प्रति धन्यवाद दिएका थिए ।
दिउँसो १ बजे देखि सुरु हुने भनिएको कार्यक्रममा प्रमुख अतिथि नेता निधी हवाईजहाजमा भएको बिलम्वका कारण साँझ ६ बजे मात्र सभा स्थल पुगेपनि सभामा नेता कार्यक्रताको बाक्लो उपस्थिती यथावत थियो । सभापति यादवले त्यसका लागि आभार व्यक्त गरे ।
सो अवसरमा लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टी सहितको क्षेत्रमा आँखाको विरामी बढदै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधीलाई आग्रह गरेका थिए ।