एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराई मधेशको शिक्षा राजनितिक नेतृत्वको पहलकदमीमै स्थानिय दानविरहरुको दान र त्यागले स्थापित भएपनि पछिल्लो समय बचाउन नसकिएको दुखेसो पाखेका छन् । जनकपुरधाममा राजर्षिजनक बिश्व विद्यालयको सातौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त भएको पतै नलागेको बताए ।
उनले जनकपुरधाम सहित धनुषाको विभिन्न तत्कालिन चर्चित विद्यालयहरुको उदाहरण दिदै सबै विद्यालय निर्माणको कामको पहलकदमी राजनितिक दलका नेताहरुले नै लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय देशमा भएको राजनितिमा व्यस्त हुदाहुदै शिक्षा र स्वास्थ्य धरासयी बनेको बताए । उनले कार्यक्रममा उपस्थित लोसपा अध्यक्ष महन्त ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य धरासायी बनेको भन्ने तर्कमा समर्थन सहित प्राकृतिक स्रोत र कृषि उत्पादन पनि ध्वस्त भएकाले यस्मा पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्त ठाकुरले जनकपुरधाममा राजर्षिजनक बिश्व विद्यालय स्थापनामा राज्य संयन्त्र आनाकानी गर्दा गर्नुहुन्छ भन्ने गर्नोस नभए हामि आफै गरेर देखाउँछौं भन्ने चेतावनी दिएपछि बल्ल मानेको भन्दै बिश्व विद्यालय बचाउन सवैको कर्तव्य रहेको बताए ।

कांग्रेस नेता पुर्व उपसभापति विमलेन्द्र निधीले आफुहरु बिश्व विद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउदै २०७४ सालमा संघिय सरकारले बिश्व विद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तो खुसी महशुस भएको हर्षित हुदै बताए ।

सो अवसरमा बिश्व विद्यालय स्थापनामा अहम भुमिका खेलेको भन्दै नेता ठाकुर, कांग्रेस नेता तथा पुर्व उपसभापति विमलेन्द्र निधी, तत्कालिन धनुषाका जिविस सभापति तथा कांग्रेस प्रदेश सांसद राम सरोज यादवलाई सम्मान गरिएको थियो भने कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, माओवादी नेता भरत साह बिश्व विद्यालयका कुलपति डा. अमर प्रसाद यादव सहितको उपस्थिती थियो ।