एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका कर्मचारीहरुले तत्काल कुनै पनि तलव नपाउने भएका छन् । आठ महिना सम्म अध्यक्ष शितल साहलाई कार्यालयमा प्रवेश गर्न निषेध गरि कामकाज ठप्प पारेको र दशैंको मुखमा तलवको मांग गर्दै पुनरावेदन अदालत पाटनमा कर्मचारीहरुको तर्फबाट मुद्दा दायर भएकोमा अदालतले तत्काल तलव दिनुपर्ने विषयमा कुनै पनि आदेश दिन मानेन ।
अध्यक्ष साहलाई समेत अदालतले बोलाएको र साहले वृहतरको विगत देखि हाल सम्मको कार्यप्र्रगती, कुन शिर्षकमा कति खर्च, कति काम, विकास निर्माणमा कति खर्च र तलव भत्तामा कति खर्च बजेट ? सहितका सम्पुर्ण कुराहरु प्रमाण सहित अदालतमा पेश गरेपछि तत्काल मुद्दामा मांग गरिएको तलव बारे अदालत कुनै पनि आदेश दिन उपयुक्त नठानेको अध्यक्ष साहले बताए ।