एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतो नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संयोजक मनोनित भएको छ । धनुषामा राजेश चौधरी राजु संयोजक चयन भएका छन् । चौधरी यस अघि स्थानिय निर्वाचनमा लोसपाबाट धनुषाको नगराईन नगरपालिकाका प्रत्यासी थिए र उपविजेता रहेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालको काठमाडौंमा उपलब्ध केन्द्रिय नेताहरु सहित पार्टी अध्यक्ष महतोको अगुवाईमा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गर्ने निर्णय गर्नुका साथै विपदमा सहयोगका लागि खटिन निर्देशन पनि दिइएको छ ।
७७ वटै जिल्ला संयोजकहरु लगायत पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आम जनतालाई तन, मन, धनका साथ दुःखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय समेत बैठकले गरेको बताइएको छ ।
हेर्नोस ७७ जिल्लाका संयोजक र आजको निर्णय