एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : ‘मलाई कुनै पनि काम गर्न दिइएको छैन, आठ महिना पछि अस्ती आफनो कार्यकक्षमा आउँदा कर्मचारीको खाल ओढेको एकआध गुण्डाप्रवृतीकाले खुकुरी, भाला प्रहार गरि मार्ने धम्की दिन्छ’ मलाई थाहा छ मेरो कार्यकाल बिना कामनै व्यतित हुदैछ तर म प्रण गर्छु वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको सुद्धिकरण गरेरै छाडछु ।’
हेर्नोस भिडियो
माथीको वाक्यांश सोहि परिषदका अध्यक्ष शित साहको हो । पुर्व पत्रकार र पत्रकारहहरुको छाता संगठन नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष समेत रहि सकेका साहले पत्रकार सम्मेलन गरि आइतवार आफनै कार्यकक्षमा सो कुराहरु सुनाईरहेका थिए । उनले अगाडि भने, ‘म पुर्व पत्रकार पनि हो, म काम गर्न सकिन भने समाजले पत्रकारले पनि केहि गर्न सकेन भन्छ मलाई थाहा छ, तर म अरु केहि गर्न नसकेपनि ज्यान जान्छ जाओस म वृहतरलाई सुद्ध पारेरै जान्छु ।’
उनका अनुसार गलत शैक्षिक प्रमाण पत्र पेश गरि वृहतरका कर्मचारी बनेका जितेन्द्र यादव कर्मचारीको भेषमा वृहतरमा राजनिति र वृहतरलाई कब्जा गर्न अहिले सम्म सफल भइरहेको छ । यादवले जागरिका लागि पेश गरेको भारितय शैक्षिक प्रमाण पत्र नक्कली रहेको तथ्य नेपाल र भारतिय पक्षले पनि प्रमाणित गरिसकेको बताउदै उनले किर्ते छाप र कर्तुतमा पनि धेरै कर्मचारीको संलग्नता पुष्टी भइसकेको बताए ।

उनले आफु अध्यक्ष भएर आउने वितिकै यादवले तत्कालिन हाकिम विरुद्व अनेकन प्रमाण आफुलाई दिइएको, पछि ति हाकिमले यादव माथी नै छानविन गर्न थालेपछि सो आधारमा प्रक्रिया अगाडि बढाउदा अव त आफु नै फँस्ने भएकाले अहिले सबै कर्मचारीलाई मिलाएर कार्यालय बर्बाद गर्ने काम गरिरहेको उनको तर्क छ ।
आफनो निजी निवासमा पनि आक्रमण भएको र हाल सम्म चार पटक प्रहरी प्रशासनमा सुरक्षाको मांग सहित निवेदन दर्ता गराईसकेको बताउदै उनले आफु असुरक्षित रहेको पनि बताए । उनले हाल सम्म आफु आफनो निजि खर्चमा वृहतरका लागि सबै काम र अभियान गरिरहेको बताउदै गाडी कार्यालयको रहेपनि ईन्धन निजी प्रयोग गरेर चढिरहेको बताए ।
परिषदले गरेका निर्णयका कागजातहरु पनि कर्मचारीकै कब्जामा रहने, अन्य कर्मचारीलाई पनि धाकधम्की र विभिन्न प्रलोभन देखाई आफु अनुसार प्रयोग गर्ने र आफनो निहित स्वार्थ पुरा गर्ने प्रवृतीले वृहतरलाई डुबाएको दावी गर्दै उनले सबै सुधार गर्ने आफनो एकमात्र लक्ष्य रहेको बताए । उनले अव वृहतर नयाँ नियमावली अनुसार मात्र चल्न सक्ने पनि बताए ।