एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ जिरोमाईल स्थित पत्रकार ब्रह्मानन्द ठाकुरको घरमा गएराती लाखौंको धनमाल चोरी भएको छ । चोरले सिढीको छतबाट घरमा प्रवेश गरी चोरी गरेको पिडित पत्रकार ठाकुरले बताए ।
हामि दम्पती माथी छतको कोठामा सुत्यौं तल पहिलो तल्लामा बच्चाहरु सुतेकाले ढोका खुलै छोडयौं उनले भने, ‘त्यही मोकाछोपी चोरी भएको छ ।’ बच्चाका कारण पहिलो तल्लाबाट छत माथी जाने ढोका समेत खुल्लै रहेकाले सोहिबाट प्रवेश गरी सुन ७ भरी, चाँदी २२ भरी, ल्यापटप १ थान, नगद र अन्य समानहरु चोरेर लगेको उनको भनाई छ ।
चोरले बहुमुल्य सरसमान हुने भएकाले घरको दराजबाहेक अरु तिर त्यति ध्यान नदिएको जस्तो देखिन्छ, दराजमै रहेको ल्यापटप पनि लिएर गएछ ठाकुरका भाई धर्मानन्द ठाकुरले थपे । हिन्दुहरुको महान पर्वहरुको आगमण संगै जनकपुरधाम नगरमा केही दिन यता चोरीको घटनामा वृद्धि हुदै गएको छ ।